१७ जेष्ठ २०८०, बुधबार २२:२३
“आफ्नो कला क्यान भासमा” भन्ने मुख्य उदेश्यका साथ स्याङ्जा सम्पर्क समाज पोखरा विश्वविद्यालयद्वारा आयोजना भएको चित्रकला प्रतियोगिता सुनिता देवकोटा प्रथम हुनुभएको छ ।
यस्तै प्रतियोगितामा द्वितीय आयुष अर्याल र तृतीय नेहा कुमारी परियार हुनुभएको थियो । प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो ।
कार्यक्रमको निर्णायकमा चित्रकार, कलाकार कृष्ण मर्सानी र चित्रकार शर्मिला खनाल रहनु भएको थियो।चित्रकला प्रतियोगिता “आमा प्रकृति” विषयवस्तुमा रहेको थियो।
विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक राजेश ठगुराठी कार्यक्रमको प्रमुख आतिथ्यता रहेको कार्यक्रम संजोग मरासिनीको सभापतित्वमा सम्पन्न भएको हो ।
प्रतियगिता पोखरा विश्वविद्यालय प्राङ्गणमा भएको थियो।








































प्रतिकृया दिनुहोस्