१८ जेष्ठ २०८०, बिहीबार ०८:४८
नेकपा एकिकृत समाजवादी (नेकपा एस) निकट विद्यार्थी सङगठन अनेरास्ववियु चितवनको अध्यक्षमा सुजन ढकाल चयन भएका छन । बुधबार पाटी कार्यलयमा आयोजित विद्यार्थी सङगठनहरुको भेलाले ढकाललाई सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
ढकालको अध्यक्षतामा ७१ सदस्यीय नयाँ कमिटी गठन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा दिपक थापा, उपाध्यक्ष्यमा पारस लामा तामाङ र आशिष कुमाल चयन भएका छन । यस्तै सचिवमा देबेन्द्र श्रेष्ठ, सह–सचिवमा केशव बर्तौला र कोषाध्यक्षमा प्रेशिला पोखरेल सर्वसम्मत चयन भएका हुन् ।
सङगठनका निर्वतमान जिल्ला अध्यक्ष जयराम वास्कोटा अनेरास्ववियुको स्थायी कमिटी सदस्य बनेका छन ।








































प्रतिकृया दिनुहोस्