सेन्ट्रल कलेज नारायणगढको आयोजनामा शनिबार कबिता कन्सर्ट कार्यक्रम गरिएको छ । युवा समुदायबिच लोकप्रिय कवि नवराज पराजुली मुख्य आकर्षण रहेको सो कार्यक्रममा ५ सय बढी साहित्यप्रेमीहरुको सहभागीता रहेको सेन्ट्रल कलेजका प्रिन्सििपल बाईबी पौडेलले बताउँनुभयो ।
सो अवसरमा कवि पराजुलीले आधा दर्जनबढी कविता संगीतमय शैलीमा प्रस्तुत गर्नुभएको थियो ।
‘बामपन्थी लभ’ शीर्षकको कविताबाट आफ्नो वाचन थाल्नुभएका उहाँले ‘जुलबी’, ‘औँला’, ‘हेब्बी वर्थडे’ र ‘ऊ’ शीर्षकका लामा छोटा पाँच कविता सुनाउनुभयो । उहाँलाई गायक ऋदम कँडेलले संगीतसँगै गायनमा साथ दिनुभएको थियो। कवितालाई पनि गीति लयमा प्रस्तुत गर्दा एकल कविता वाचनको माहोल नै फरक भएको थियो ।
सेन्ट्रल कलेजले ‘कविता कन्सर्ट विथ नवराज पराजुली’ आयोजना गरेको हो । कार्यक्रमको सहजीकरण संजय देबकोटाले गर्नुभएको थियो । कार्यक्रम सेन्ट्रल कलेजका प्रमुख कार्यकारी अधिकृत शारदा शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।








































प्रतिकृया दिनुहोस्