एनआरएनए मेरील्याण्ड राज्यमा नयाँ नेतृत्वको लागि जुलाई २२ र २३ मा निर्वाचन हुदै छ । एनआरएनए लामो समयदेखि अमेरीकाको विभिन्न शहरमा वस्दै आएका नेपालीहरुलाई आफ्नो मातृभुमीसँग परिचय गराउने उदेश्यले स्थापित संस्था हो । यसले एकपटकको नेपाली सधैको नेपाली भन्ने अभियान समेत चलाउदै आएको छ । हरेक दुई÷दुई वर्षमा यसको निर्वाचन हुने गर्दछ ।
राजु पराजुलीको दुई वर्षे कार्यकाल सकिएसँगै नयाँ निर्वाचन हुन लागेको हो । अहिले प्रेम सुवेदी र कुल प्रसाद गुरुङको दुईवटा प्यानल निर्वाचनमा होमिएको छ । प्रेम सुवेदी अहिलेका उपाध्यक्ष हुन ।
सुवेदिको प्यानलबाट उपाध्यक्षमा राम बहादुर कार्की सचिवमा सन्जोक कार्की सहसचिवमा कुसुम खड्का र कोषाध्यक्षमा जनक पुन उम्मेदवार रहेका छन । यस्तै महिला संयोजकमा गिता सुवेदी, युवा संयोजकमा दामोदर पौडेल र सदस्यहरुमा दिपेन्द्र लामिछाने, करिष्मा आले मगर, मनलाल जैसी, बाबुराम भट्टराई, पदम मरासैनीको उम्मेदवारी परेको छ ।
सुवेदीको प्यानलमा युवाहरुको दरिलो साथ रहेको छ । युवाले नेतृत्व गर्नुपर्छ संस्थाको गुट उपगुटको अन्त्य गर्दै हाम्रो र राम्रो एनआरएनए बनाउने उदेश्य रहेको उम्मेदवार सुवेदीको भनाई छ । सुवेदीले वालवालिका, युवा, विद्यार्थी, स्वास्थ्य लगाएतको क्षेत्रलाई एजेण्डा बनाएर नेतृत्वको लागि दावी गरेका छन ।








































प्रतिकृया दिनुहोस्