शैक्षिक परामर्श संघ (इक्यान)को केन्द्रिय सदस्यमा मन्जित ढकालले उम्मेदवारी घोषणा गरेका छन्। आगामी असार ३० गते हुने अधिवेशनबाट चुनिने नेतृत्वका लागि ढकालले उम्मेदवारी घोषणा गरेका हुन्।
इक्यानको धेरै सदस्य भएको जिल्ला मध्ये एक चितवन पनि हो । यसपटक चितवन शाखाले आधिकारिक बैठकबाटै उम्मेदवार सिफारिस गरेरको छ । इक्यान चितवन शाखाले औपचारिक रुपमै दुई जना मध्ये ढकाललाई केन्द्रिय सदस्यमा निर्वाचन लड्न सिफारिस गरेको छ ।
इक्यान चितवनका अध्यक्ष समुन्द्र अर्यालका अनुसार इक्यानलाई कुशल नेतृत्वसँगै नीतिगत हिसाबमा शक्तिशाली बनाउनका आवश्यक रहेको र त्यसकालागी ढकालले महत्त्वपूर्ण भुमिका खेल्न सक्ने भएकोले कार्यसमिति सदस्यका लागि मन्जित ढकाललाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
दक्ष परामर्शदाताको छवि बनाएका ढकाल इक्यान भित्र लोकप्रिय छन। उनलाइ देशभरका ब्याबसायिक टिमको साथ, सहयोग र समर्थन छ। उनी फ्रीक्वेन्सी इन्टरनेशनल एजुकेसन प्रालि का संचालक हुन।








































प्रतिकृया दिनुहोस्