k|wfgdGqL bfxfn gofF lbNnL k|:yfg
sf7df8fF}, !& h]7M k|wfgdGqL k'iksdn bfxfn
k|r08Ú lqe'jg cGt/f{li6«o ljdfg:ynaf6 rf/ lbg] cf}krfl/s ef/t e|d0fsf nflu a'waf/ ef/tsf] /fhwfgL gofF lbNnL k|:yfg ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटाली जाँदै हुनुहुन्छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन उहाँ नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज बेलुकी त्यसतर्फ जान लाग्नुभएको हो ।
पर्सि ८ गतेदेखि संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ । अतिकम विकसित देशको अध्यक्षको हैसियतमा उहाँले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलमासमेत सहभागी हुनुहुनेछ ।
भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र सङ्घका उच्च अधिकारीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ । खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग प्रधानमन्त्रीले भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ । कार्यक्रममा नेपालको खाद्य सुरक्षासँगै नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेसमेतमा छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्ड आउँदो १२ गते स्वदेश फर्कनुहुने उहाँको सचिवालयले जनाएको छ ।








































प्रतिकृया दिनुहोस्