२२ वर्षीय अविवाहित महिला गएराती करिब साढे ८ बजेको समयमा नारायणी नदीमा हामफालेर बेपत्ता भएकी छन्। उनी गैंडाकोटतर्फबाट नदीमा हामफालेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनी पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ सालबास बस्ने गंगाकुमारी फौजदार हुन्।ती महिलाले झोला र मोबाइल पुलमा छाडेर नदीमा हामफालेको गैंडाकोट प्रहरीका डिएसपी बेद पौडेलले बताए। महिलाको परिवार सम्पर्कमा आएपछि हिजो रातीदेखि नै खोजी सुरु गरेपनि नभेटिएको पौडेलले बताए।नदीमा हामफाल्नुको कारण नखुलेको प्रहरीले जनाएको छ।नदीमा बाढी आइरहेकाले खोजी गर्न समस्या भईरहेको छ।








































प्रतिकृया दिनुहोस्