राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अन्य प्रतिपक्षी दलहरूलाई मतलब नै नगरि समिति सभापति लिएको बताउनुभएको छ ।
आज मङ्गलवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक परियारले एमालेले अरू पार्टीहरूलाई कुनै मतलब नै नगरि समिति सभापति लिएर गल्ती गरेको बताउनुभयो । उहाँले एमालेले मै खाउँ मै लाउँ भन्नेजस्तो व्यवहार गरेको आराेप लगाउनुभयाे । सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन समिति सभापति बाँडेकाे प्रमुख सचेतक परियारकाे आराेप थियाे ।
उहाँले भन्नुभयो, ‘समिति कुन नियतबाट बनाइएको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । यदि साँच्चिकै संसद्लाई प्रभावशाली बनाउने, गतिशील बनाउने हिसाबमा लिएको हुन्थ्यो भने त्यो अर्कै हुन्थ्यो । यहाँ त नियत नै कस्तो छ भने संसद्लाई प्रभावकारी होइन कि सङ्कुचन गर्ने । समिति बाँडफाँटमा सत्तापक्षले गल्ती गर्याे । दोस्रो कुरा, प्रमुख प्रतिपक्षले अरू प्रतिपक्षी पार्टीहरूलाई कुनै मतलब नै नगरि मै खाउँ मै लाउँ जसरी व्यवहार गर्याे । सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन सभापति बाँडियो ।’
प्रमुख सचेतक परियारले रास्वपालाई एउटा समिति सभापति लिनका लागि प्रस्ताव आएको भए पनि आफूहरूले नलिएको बताउनुभयो ।








































प्रतिकृया दिनुहोस्