पोखरामा सन्देश सभा गर्नु अघिल्लो दिन समाजवादी मोर्चाले गण्डकी प्रदेश संयोजन समिति घोषणा गरेको छ।माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरुको उपस्थितिमा संयोजन समिति घोषणा गरेको हो। ४ वटा पार्टीका ३/३ जना सदस्यको सहभागिता रहने गरी माओवादी सचिव तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले संयोजन समितिको घोषणा गरेका हुन्।समितिको संयोजन सुरुमा माओवादी गण्डकी प्रदेश कमिटी अध्यक्ष गायत्री गुरुङले अध्यक्षता गर्नेछिन्।
संयोजन समितिमा माओवादीबाट गायत्रीसहित ज्ञामनाथ गैरे र जगन्नाथ खनाल सदस्य छन्।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ सदस्य छन्।
जनता समाजवादी पार्टी, नेपालबाट गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली सदस्य छन् भने नेपाल कम्युनिष्ट पार्टीबाट राजन, दीपा र काजी सदस्य छन्।
यसैगरी जिल्लामा हरेक पार्टीबाट २२ जनाको प्रतिनिधित्व हुने गरी जिल्ला संयोजन समितिहरु गठन गरिने सचिव पौडेलले जानकारी दिए।
संयोजन समितिकै आयोजनामा पोखरामा शुक्रबार माओवादी केन्द्रको व्यवस्थापनमा सन्देश सभा राखिएको छ।
सभामा प्रचण्डसहित पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमारनेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ।








































प्रतिकृया दिनुहोस्