१४ भाद्र २०८०, बिहीबार १८:१६
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा सादा पोशाकको टोलीले गोदावरी नगरपालिका-१ बनखेत बस्ने ३५ वर्षीय रमेशबहादुर तिरूवालाई स्रोत नखुलेको ५ लाख भारतीय रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी गणेश बरालले विशेष सूचनाका आधारमा खटिएको टोलीले तिरुवाको घर खानतलासी गरेर चार लाख ७४ हजार पाँच सय भारतीय रूपैयाँ र २ ग्राम १९० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको जानकारी दिए।
उनकाअनुसार सुर्तीको कभरमा लुकाई छिपाई राखेको १८ पोका खैरो हेरोइन र घरको कोठा भित्र स्ल्याबमा राखेको पंखाको कभर (कार्टुन)मा स्रोत नखुलेको भारतीय रूपैयाँ बरामद गरिएको हो।उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेएको प्रहरीले जनाएको छ।








































प्रतिकृया दिनुहोस्