राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले वडास्तरीय कार्यालय उद्घाटन अभियान सुरु गरेको छ । भरतपुर महानगरको वडा नम्बर २७ मेघौली र २८ नम्बर वडाको जीतपुरमा वडा कार्यालय स्थापना गरेको छ । राप्रपा केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद रिना गुरुङले पार्टीको वडा कार्यालयको उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष चेतनाथ वाग्ले, सचिव केशवराज भण्डारी, प्रवक्ता राजु भण्डारी, महानगर अध्यक्ष दिपक थापा, क्षेत्रीय अध्यक्ष मदन पौडेल, नगर सचिव सुलभ सिग्देल, नगर सहसचिव चिरञ्जिवी सापकोटा, जिल्ला सदस्य अमर पराजुली, नगर सदस्य चण्डीप्रसाद भट्टराई लगायतको सहभागिता रहेको थियो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै न्यून उपस्थितिमा कार्यालय स्थापना गरिएको हो । यसअघि भरतपुर १५ र १८ नम्बर वडामा वडा कार्यालय स्थापना गरिएको हो ।
चितवनका सात वटै स्थानीय तहहरुमा वडास्तरीय कार्यालय स्थापना गरिने जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकालले बताउनुभयो । केन्द्रीय सदस्य रिना गुरुङले स्थानीयका जनगुनासा संकलन तथा सम्बोधन गर्न वडा कार्यालय स्थापना गरिएको बताउनुभयो । उहाँले आसन्न स्थानीय तह निर्वाचनमा राप्रपाले स्थानीय तहका धेरै सिट जित्ने दाबी गर्नुभयो ।








































प्रतिकृया दिनुहोस्