२१ आश्विन २०८०, आईतवार २१:५७
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रघुजी पन्तले राजनीतिक दलहरू सच्चिनुपर्ने बताउनुभएको छ । गणतन्त्रविरुद्ध बोल्ने राजावादीहरूसँग सवालजवाफ गर्नेभन्दा पनि गल्ती गर्ने राजनीतिक दल र त्यसका नेताहरू सच्चिएर अघि बढनुपर्ने उहाँको भनाइ थियो ।
आज आइतवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद पन्तले राजनीतिक दलहरूले नागरिकलाई पुनर्विश्वास दिलाउनुपर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘राजावादीहरूसँग सवालजवाफ गरेर मात्रै पुग्दैन । लोकतन्त्रमा हामी सच्चिनुपर्छ । जसले गल्ती गरेका छन्, ती नेताहरू सच्चिनुपर्छ । पार्टीहरू सच्चिनुपर्छ । दलहरूले नागरिकलाई पुनर्विश्वास दिलाउनुपर्ने आवश्यकता छ ।’
सांसद पन्तले राजनीतिक दलहरूले नागरिककाे बीचमा जाने कामलाई तीव्रता दिनुपर्ने पनि बताउनुभयो ।








































प्रतिकृया दिनुहोस्