सद्भाव युवा समाज नेपाल–कतारको आयोजनामा राप्ती नगरपालिकाको वडा नं–१२ स्थित वक्राङ गाउँमा राहत वितरण गरिएको छ । विकट चेपाङ गाउँको ६५ घरधुरीका लागि बुधबार खाद्य सामग्री वितरण गरिएको हो ।
समाजका सदस्य राजेश श्रेष्ठका अनुसार उक्त बस्तीका लागि दाल, चामल, नुन, तेल, सोयाबिनलगायत करिब दुई लाख रूपैयाँबराबरको खाद्यान्न वितरण गरिएको छ । राप्ती नगरपालिका वडा नं–१२ का वडा सदस्य अशोक लामासँगको समन्वयमा सद्भाव युवा समाजको टोली वक्राङ पुगेको थियो ।
समाजले सामाजिक क्षेत्रका काम गर्दै जाने क्रममा यसपटक वक्राङका विपन्न चेपाङ समुदायलाई खाद्य सामग्री वितरण गरिएको समाजका अध्यक्ष प्रदीप रुपाखेतीले जानकारी दिए । समाजले विभिन्न क्षेत्रमा काम गर्दै जाने क्रममा यसपटक चेपाङ गाउँ आइपुगेको बताए ।
वडा नं–१२ का सदस्य अशोक लामाले आफ्नो वडामा राहत सामग्री ल्याएर दुई दिन भने पनि चेपाङको मुहारमा खुसी थपिदिएको भन्दै धन्यवाद व्यक्त गरे ।








































प्रतिकृया दिनुहोस्