१७ माघ २०७८, सोमबार ०९:२८
संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आलटाल नगरी अमेरिकी सहायता परियोजना एमसिसी पास गर्नुपर्ने बताएका छन्।
पूर्वप्रधानमन्त्री भट्टराईले आलटाल नगरी एमसिसी सम्झौतालाई संसदबाट सर्वसम्मत पारित गर्नुपर्ने बताएका छन्। ‘एमसिसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं‚’ उनले ट्विट गर्दै भनेका छन्‚ ‘सबै एकमुख भएर जनतालाई बुझाऊॅ’
सत्तागठबन्धनमा रहेका जसपाका संघीय परिषद अध्यक्ष भट्टराईले एमसिसीको बहानामा गठबन्धन टुटाउनु नहुने पनि आग्रह गरेका छन्।
‘यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’का लागि घाँटीको हाड नबनोस्’ उनले लेखेका छन्‚ ‘देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्१’








































प्रतिकृया दिनुहोस्