चितवनको भरतपुर महानगरपालिका १६ सरणपुर गणेश मन्दिर परिसरमा वृहत हरिबोधनी एकादसी मेला लाग्ने भएको छ । मेलाबारे मंगलबार पत्रकार सम्मेलन गरि आयोजक समितिले जानकारी गराएको हो ।
मङ्सिर ७ गते लाग्ने एक दिने मेलाको तयारी ब्यापक रुपमा भइरहेको मेला ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण सुनारले बताए । उनका अनुसार मेलामा विभिन्न जातजातिका खानाका परिकारको स्टल तथा स्थानिय उत्पादनको स्टल रहने छ ।
घुमौ भरतपुर नाराका साथ अयोजना हुन लागेको मेलाले भ्रमण बर्ष २०२४ लाई सफल पार्न समेत महत्वपुर्ण टेवा पुग्ने भरतपुर १६ का वडा अध्यक्ष अमृत हमालले बताए । गणेश मन्दिर छेत्र धार्मिक तथा पर्यटकिय रुपमा पनि निक्कै महत्वपुर्ण रहेकाले मेलालाई थप ब्यबस्थित बनाउन ध्यान केन्दृत गरिएको हमालको भनाइ छ ।
भरतपुर महानगर संरक्षक रहेको यस मेलालाई सफल बनाउन महानगर, वडा तथा केही संघसस्थाले आर्थिक सहयोग गरेको मेला समन्वय समितिका प्रमुख बिजय परियारले जानकारी दिए । सरोकारवाला सबै पक्षसग प्रभाबकारी समन्वय गरिरहेको परियारले बताए ।
मेला सम्पन्न गराउन प्रचारप्रसारलाई समेत महत्वका साथ तीब्र बनाइएको प्रचारप्रसार समितिका दिपक पाेखरेलले बताए । माईकिङ तथा पत्रचार र सामाजिक सन्जाल मार्फत प्रचारप्रसारमा जोड दिएको छ ।यस्तै मेलालाई सान्तिपुर्ण बाताबरणमा सम्पन्न गर्न प्रहरी र सुरक्षागार्डको समेत ब्यबस्था गरिएको जनाइएको छ । कार्यक्रम सुरज परियारले सन्चालन गरेका थिए ।








































प्रतिकृया दिनुहोस्