नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी महामन्त्री गगनकुमार थापासँग आफ्नो मतभेद नरहेको दाबी गर्नुभएको छ ।
आज बुधवार काठमाण्डाैमा आयोजित संस्थापन इतर पक्षकाे भेलापछि सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा नेता काेइरालाले याे कुरा बताउनुभएको हो । काम गर्ने शैली र सोचाइ उमेर फरक भएकाले फरक परे पनि पार्टीको एजेन्डामा महामन्त्री थापासँग आफ्नो फरक मत नरहेको उहाँकाे भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘हाम्रो समूहको एजेन्डामा महामन्त्रीजी र मेरोमा एक इन्च पनि फरक छैन । उहाँको उमेर, मेरो उमेर फरक छ । काम गर्ने शैली पनि फरक छ । सोचाइ पनि फरक छ । त्यो स्वाभाविक छ । एजेन्डामा हाम्रो कुनै फरक मत छैन ।’
नेता कोइरालाले पार्टी संसदीय बोर्डले राष्ट्रियसभा चुनावका लागि मापदण्ड नै बनाएर उम्मेदवार चयन गर्नुपर्ने प्रस्तावसमेत राख्नुभयो । उहाँले पार्टीमा सुधार ल्याउनका लागि आफूहरूले निरन्तर छलफललाई अघि बढाउने पनि बताउनुभयो ।








































प्रतिकृया दिनुहोस्