११ पुष २०८०, बुधबार ०७:५६
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजेदेखि सुरु हुने बैठक तीनसम्मका लागि तय गरिएको छ ।
बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशन मुख्य एजेन्डा रहेको छ । यसअघि सचिवालय बैठकमा नेताहरू ७० वर्षे हद हटाउने गरी विधान संशोध गर्न सहमति भएका थिए ।
एकीकृत समाजवादीले विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडाैंमा राष्ट्रिय सम्मेलन गर्न लागेको छ । केन्द्रीय कमिटीमा यो विषयमा छलफल हुनेछ ।








































प्रतिकृया दिनुहोस्