;jf/L;fwg aGb u/fpFb} lxF8]sf cfGbf]ngsf/L
kf6g, !# k'; M nlntk'/sf] afns'df/Ldf ef}lts k"jf{wf/ tyf oftfoftdGqL k|sfz Hjfnfsf] ;jf/L;fwgdf cfuhgLkl5 l/Ë/f]8sf] ;ftbf]af6f]df ;jf/L;fwg aGb u/fpFb} lxF8]sf cfGbf]ngsf/L . tl:a/ M dfwjk|;fb l3ld/]÷/f;;
बालकुमारी घटनाका मृतकका परिवार र सरकार पक्षबीच चार बुँदे सहमति भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरिसकेकोमा आज साेमवार मृतक परिवारका एक/एक जना सदस्यलाई रोजगारी दिनेलगायत सहमति भएको हो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालय र पीडित पक्षबीच भएको सहमतिमा सरकारले थप राहत उपलब्ध गराउन पहल गर्ने, दुवै मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने र दुवै जनाको शव परिवारले बुझ्ने उल्लेख छ । शव सम्बन्धित जिल्लामा पुर्याउने व्यवस्था पनि गृह मन्त्रालयले नै गर्ने भएको छ ।
गएको शुक्रवार ललितपुरको बालकुमारीमा रहेकाे ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दुई जनाको ज्यान गएको थियो । घटनामा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियाे ।








































प्रतिकृया दिनुहोस्