थारू संस्कृति जोगाउनका लागि यही पुस २८ गतेदेखि खिचरा महोत्सव आयोजना गर्न लागिएको छ । पूर्वी चितवनको खैरहनीमा नवौँ खिचरा महोत्सवको तयारीलाई तीव्र पारिएको हो । थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी नगरपालिका–५ गौचरनमा आगामी माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ । आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको उद्देश्य र तयारीका बारेमा जानकारी गराएको हो ।
महोत्सवलाई चितवनबासी थारू समुदायले मात्र नभई सम्पूर्ण जातजातिले गर्वका रुपमा लिने गरेको चौधरीले बताउनुभयो । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवद्र्धन एवं शैक्षिक, वित्तीय संस्था र विभिन्न सङ्घसंस्थाका कक्ष रहनेछन् । महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, बाल उद्यान समावेश गरिने उहाँले बताउनुभयो । महोत्सवमा एक लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको छ ।








































प्रतिकृया दिनुहोस्