पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थीहरुले पोखरामा आज मसाल जुलुस निकालेका छन्। इन्धनको मूल्यवृछि फिर्ता हुनुपर्ने माग राख्दै उनीहरुले वि’रोध प्रदर्शनसहित मसाल जु’लुस निकालेका हुन्।
पोखराको सभागृह अगाडीबाट साझको ६ बजे सुरु भएको म’साल जु’लुस न्युरोडमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनका क्रममा नेकपाका कार्यकर्ताले मुल्यबृद्धी तत्काल फिर्ता हुनुपर्ने ,एमसीसी खा’रेज हुनुपर्ने, जनमत संग्रहको घो’षणा गर्नुपर्ने भन्दै ना’रा लगाएका थिए ।
प्रदर्शनपछि आयोजित कोणसभामा नेकपा गण्डकी प्रदेशका इन्चार्ज अटल शर्माले सरकारले गरेको जनबिरोधी कामलाई हेरेर बस्न नसक्ने बताए । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि विरूद्ध आ’न्दोलन कार्यक्रम घोषणा समेत गरेको उनले बताए ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिक मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँ बढाएको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ४२ रुपैयाँ, डिजेल र मट्टितेल १ सय २५ रुपैयाँ पर्नेछ । पेट्रोलको यो मूल्य अहिलेसम्मकै उच्च हो ।








































प्रतिकृया दिनुहोस्