रेन्स्की एग्रो फार्म प्रा.लि. कालिका नगरपालिका २ चितवन ले आफ्नो प्रथम वाषिक उत्सव सम्पन्न गर्नुका साथै च्याउ विउ ल्याब उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कालिका नगर प्रमुख बिनोद रेग्मीले गर्नु भयो ।
सो अवसर बोल्दै च्याउ प्रबर्द्धन गर्न सके देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताउनु भयो साथै कालिका नगरपालिका च्याउको हब बन्ने बिश्वास ब्यक्त गर्नु भयो। कार्यक्रममा विशिष्ट अतिथि सो वडाका वार्ड अध्यक्ष लक्ष्मण पोैडेलले च्याउको उत्पादनले स्धानिय स्तरमा रोजगारि सिर्जना गर्नुका साथै चितवनबाट नै यसको नियात देशको बिभिन्न क्षेत्रमा गर्न सकिने वताउनु भयो।
सो कार्यक्रमको सभापति सस्थाको कार्यकारि कमल सुबेदि गर्नु भएको थियो ।साथै सुबेदिले ल्याबको उदघाटनले निकट भबिष्यमा च्याउ ब्यबसायिले अन्यत्रबाट बिउ खपत गर्न नपर्ने बताउनु भयो । साथै सो अवसरमा देशभरिको च्याउ ब्यबसायिको उपस्थित रहनु भएको थियो।
करिब डेढ बिगाह क्षेत्रफलमा रहेको र करिब ३५ जनालाई रोजगार दिदै बाषिक उत्पादन करिब २५० मेट्रिक टन पाते च्याउ र सिजनल च्याउ करिब २० मेट्रिक टन उत्पादन गर्दै आईरहेको सो सस्थाका प्रबन्ध नारायण अधिकारि ले वताउनु भयो।








































प्रतिकृया दिनुहोस्