चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य कार्यालय चितवनले आज (बिहीबार) सार्वजनिक गरेको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्ष ४ हजार ७७ पुगेको छ । जसमध्ये ४१ जना अस्पतालमा र ४ हजार ३६ जना होमआइसोलेसनमा छन् । सबैभन्दा धेरै भरतपुर महानगरमामात्रै २ हजार ७ सय ९४ जना सक्रिय संक्रमित छन् ।
सबैभन्दा कम इच्छाकामना गाउँपालिकामा ५४ जना सक्रिय संक्रमित छन् । बिहीबारमात्रै चितवनमा ४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । थपिएका संक्रमितमध्ये भरतपुरमा ३२ जना, रत्ननगर र राप्तीमा तीन तीन जना, माडी र खैरहनीमा एक एक जना छन् । पछिल्लो २४ घण्टामा ३ सय ३४ जनाको कोरोना परीक्षण गरिएको थियो । चितवनमा उपचाररत ३ जनाको कोरोना संक्रमणका कारण ज्यना गएको छ । जसमध्ये चितवन, तनहुँ र रौतहटका एक एक जना छन् । यहाँका अस्पतालमा कोरोना संक्रमित मध्ये २२ जना बाहिरी जिल्लाका छन् ।








































प्रतिकृया दिनुहोस्