स्टेप बाइ स्टेप इङ्लिस स्कुल, भरतपुर–९ ले सडक दुर्घटना न्यूनीकरण तथा पर्यावरण संरक्षणमा युवाहरुको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले सडक दुर्घटना न्यूनीकरण तथा पर्यावरण संरक्षणमा युवाहरुको भूमिका अपरिहार्य रहेको बताएका छन् ।
उनले बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न युवाहरुको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले जनस्तरबाटै सडक सचेतना आवश्यक रहेको भन्दै सवारी चलाउने चालकमात्र नभई सडकमा पैदल यात्रा गर्ने जोकोही पनि सडक सुरक्षाका विषयमा जानकार तथा गम्भीर हुन आवश्यक रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका इन्चार्ज इन्सपेक्टर सुरेश सुवेदीले जिल्ला तथा जिल्ला बाहिर हुने दुर्घटनाको तथ्याङ्कमा युवाहरु धेरै रहेका बताए । युवाहरुले मादक पदार्थ सेवन गरेर तथा लागूपदार्थ सेवन गरेर सवारी चलाउदा धेरै दुर्घटना भएको बताए । विशेषगरी दुई पाङ्ग्रे सवारीहरु बढी दुर्घटनामा पर्ने गरेको तथ्याङ्कमा देखिएको भन्दै उनले युवाहरु सचेतना जगाउन आवश्यक रहेको प्रष्ट पारे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद भट्टले विद्यालयस्तरबाटै सचेतना प्रदान गर्ने हेतुले कार्यक्रम आयाजना गरिएको बताए । स्टेप बाइ स्टेप इङ्लिस स्कुलले बिद्यार्थीहरुलाई पाठ्यक्रममात्र नभई यस्ता खालका व्यावहारिक शिक्षा दिँदै आएको उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालय चितवनका इन्चार्ज इन्सपेक्टर सुरेश सुवेदीले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना र कृषि तथा वन विश्वविद्यालय रामपुरका डिन प्राध्यापक डा। अर्जुनकुमार श्रेष्ठले पर्यावरण संरक्षणको विषयमा जानकारी दिएका थिए । विद्यार्थीहरुले सडक नाटकसमेत प्रदर्शन गरेका थिए ।








































प्रतिकृया दिनुहोस्