बालकुमारी कन्या माध्यमिक विधालयले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन । विधालयले आफ्नो ६२ औ वार्षिकोत्सबको अवसरमा आयोजना गरेको विविध कार्यक्रम मध्ये रक्तदान पनि हो ।
सप्ताहाब्यापी कार्यक्रम अन्तरगत भएका खेलकूद तथा बौद्धिक क्रियाकलापहरूको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम पनि आईतबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य महमद अली मियाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष श्री मनोज रानाभाट हुनुहुन्थ्यो।
यसैबीच विद्यालयका प्रधानाध्यापकको प्रमुख आथित्यतामा आईतबार नै पूर्व विद्यार्थीहरूको संगठन BAGSSAN को पनि २०० भन्दा बढी पूर्व विद्यार्थीहरूको भेला आयोजना गरी पुनर्गठन समेत गरिएको छ ।
रक्तदान कार्यक्रमलाई मिर्ची एजुकेशन सेन्टरले सहयोग गरेको थियो । मिर्ची एजुकेसन जापान जाने विद्यार्थीहरुको उत्कृष्ट गन्तव्य बन्दै आएको छ । पछिल्लो समय समाजमा विविध कार्यक्रममा आफ्नो सहयोग पनि बढाउदै लगेको छ










































प्रतिकृया दिनुहोस्