२४ माघ २०७८, सोमबार २२:४४
सरकारले स्थानिय चुनावको मिति घोषण गरेसँगै जनता समाजवादी पाटी भरतपुर महानगर अध्यक्ष अनुज जोशीले महानगरपालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन ।
उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन । पाटीको महानगर कमिटिलाई चुनाव केन्द्रित हुन जोशीले आग्रह गरेका छन ।
उनले सबै महानगर वासीलाई छाता चिन्हमा भोट हालेर सहयोग गर्न आग्रह गरेका छन । युवा नेता जोशी जसपा चितवनका चर्चित युवा नेता हुन । यसअघि जोशी जसपाको विद्यार्थी सङगठनको चितवन जिल्ला अध्यक्ष बनिसकेका छन । हाल उनि विद्यार्थी सङगठनको वाग्मती प्रदेशको उपाध्यक्ष रहेका छन ।
उनले चितवनको स्थानिय सरकारमा जसपाको नेतृत्व आवश्यक देखिएकोले उम्मेद्वारी दिने निर्णयमा पुगेको वताएका छन । सरकारले आउँदो वैशाख ३० गते देशभर एकसाथ स्थानिय स्तरको निर्वाचन गर्ने सोमवार घोषणा गरेको छ ।








































प्रतिकृया दिनुहोस्