१३ फाल्गुन २०८०, आईतवार १८:००
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार असफल भएकाले अब मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताइन्।‘सांसदलाई भेट्न पनि मन्त्रीहरूले आनाकानी गर्छन्।मन्त्रीहरूले भेट्छन् चाहीँ कसलाई ?,’ उनले प्रश्न गरिन्।
आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि पटक–पटक मन्त्रालयमा मन्त्रीलाई आग्रह गर्न जाँदा पनि भेट्न नपाएकोमा उनको असन्तुष्टि थियो । विकास निर्माणको काममा प्रदेशले सहजीकरण गर्नुपर्ने भए पनि त्यस्तो भूमिका हुन नसकेको उनको भनाई थियो ।
यो काम यसले र त्यसले गर्ने भनेर सबै तहको सरकार पन्छिने गरेको भन्दै उनले प्रदेश संरचनाको कारण झनै अप्ठ्यारो परेको बताइन् ।








































प्रतिकृया दिनुहोस्