१८ फाल्गुन २०८०, शुक्रबार २०:१८
चितवनको रत्ननगर नगरपालिका १० मा रहेको एकता शिशु निकेतन विधालयको होस्टेलमा छात्रा शालिन पोख्रेल झुण्डिएर मृत भेेटिएको घटना प्रति नेविसंघ चितवनले गम्भीर ध्यानाकर्षण गरेको छ । त्यहाँको वस्तुस्थिति हेर्दा आत्महत्या नभई बलत्कार पछि जस्तो देखिएको नेविसंघको ठहर छ ।
नेविसंघ चितवनका कार्यवाहक अध्यक्ष प्रकाश भण्डारी लगायतका नेता कार्यकर्ताले आज चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाई घटनाको सत्य तथ्य कुरा पत्ता लगाई दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । पोस्टमार्टम ढिलो हुनुले घटना ढााकछोप गर्न अनेक प्रपन्च रचिएको हुनसक्ने नेविसंघ आशङका छ ।
वालिकाको शव पोस्टमार्टमको लागि काठमाडौको टिचिङ अस्पताल लगिएको छ ।पोष्टमार्टम रिपोर्ट सोमबारसम्म आउने भएको छ ।








































प्रतिकृया दिनुहोस्