sf7df8f}F, #) kmfu'gM
/fli6«o;ef a}7s
/fli6«o;efsf cWoIf gf/fo0fk|;fb bfxfn a'waf/ a;]sf] /fli6«o;efsf] a}7s ;~rfng ub}{ . tl:a/M k|bLk/fh jGt÷/f;;
३० फाल्गुन २०८०, बुधबार २१:४३
राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको चुनाव आउँदो चैत ४ गते हुने भएको छ । राष्ट्रिय सभाकाे आजको बैठकमा समिति सभापतिहरूको चुनावकाे मिति तोकिएको हो ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको चुनावका लागि चैत ४ गते आइतवारको दिन तोकेको जानकारी गराउनुभयो ।
उहाँले समिति सभापतिहरूको चुनावसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डाक्टर सुरेन्द्र अर्याललाई निर्देशन पनि दिनुभयो । राष्ट्रिय सभाको अर्को बैठक चैत २ गते शुक्रवार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।








































प्रतिकृया दिनुहोस्