सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन शुरु भएको छ । गएको सोमवार पक्राउ गरिएका महरामाथि हिजोदेखि बयान लिन शुरु भएको र आज पनि बयान लिइने जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौले जनाएको छ ।
काठमाण्डौ जिल्ला अदालतले महरालाई चार दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको छ । अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि महरालाई नर्भिक अस्पतालमा राखिएको छ ।
महरालाई सीआईबीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आज सकिने भएकाले बयान र अनुसन्धान नसकिए फेरि म्याद थप गर्ने तयारी छ ।
गएको साउन २ गते स्कुटरकाे ‘ब्रेक शु’ मा लुकाएर ल्याएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याएको नाै किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएको छ । यस प्रकरणमा महराका छोरा राहुल गएको भदौ १३ गते नै पक्राउ परेर अहिले पुर्पक्षका लागि थुनामा छन्








































प्रतिकृया दिनुहोस्