३१ बैशाख २०८१, सोमबार २१:४४
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले आज सभामुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउनुभएको हो । अध्यक्ष यादवले जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट समेत बाहिरिएको बताउनुभयो ।
यादवले आफ्नो पार्टी सरकारबाट समेत बाहिरिएकाले संसदमा प्रतिपक्षमा नै बसेर रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । यसअघि आजै उहाँले उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदबाट राजीनामा दिनुभएको थियाे ।








































प्रतिकृया दिनुहोस्