२ असार २०८१, शनिबार ०५:५१
आईसीसी टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ।
नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले दक्षिण अफ्रिकाका ओपनर क्वीन्टन डी ककलाई कट एण्ड बोल्ड गर्दै पेभेलियनको बाटो देखाए। डी ककले १० रन बनाउँदा आउट भए।
वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले चौथो ओभरको खेल जारी रहँदा १ विकेटको क्षतिमा २२ रन बनाएर खेलिरहेको छ।








































प्रतिकृया दिनुहोस्