नेपाली काङग्रेस वाग्मती प्रदेश कार्यसम्पादन समितिमा चितवनका काङग्रेस नेता दीर्धमान श्रेष्ठ चयन भएका छन ।
सिन्धुपाल्चोकको सुकुटेमा वसेको प्रदेशको दोस्रो वैठकले चितवनका श्रेष्ठ सहित ७ जनालाई कार्यसम्पादन समितिमा मनोनयन गरेको छ । जगदिशनसिं केसी, लामा कर्पु तामाङ, वलबहादुर दमाई, दीपेन्द्र आचार्य कल्पना खड्का र मसिना भण्डारी कार्यसम्पादन समितिमा चयन भएका छन ।
वाग्मती प्रदेश सभापति ईन्द्रवहादुर वाँनियाको सभापतित्वमा भएको बैठकमा केन्द्रिय सदस्य मोहनवहादुर वस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
बैठकले प्रदेश सदस्यहरुको मर्यादाक्रम मिलाउने समिति गठन गरेको छ । महामन्त्री कञ्चनचन्द्र वादे संयोजक रहेको समितिमा सह–महामन्त्रीद्घय जीवन डंगोल र ऋषिराम घिमिरे सदस्य रहेका छन ।
बैठकमा आगामि दिनमा हुन लागेको स्थानिय निकायको निर्वाचनको समिक्षा , वाग्मती प्रदेशमा नेपाली काङग्रेसको भूमिका, एमसीसीमा नेपाली काङग्रेस प्रदेह कमिटिको धारणा, लगायत विषयमा छलफल भएको थियो ।
बैठकले प्रधान कार्यलय हेटौडा र काठमाडौको सम्पर्क कार्यलय नियमित सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।








































प्रतिकृया दिनुहोस्