१० भाद्र २०८१, सोमबार १२:४४
२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा सोमबार भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ।
दुई टोलीबीचको खेल सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे शुरु हुनेछ।
शनिबार भएको खेलमा नेपालले पहिलो सेमिफाइनल खेलमा भुटानविरुद्ध टाइब्रेकरमा जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ। निर्धारित ९० मिनेटको समयमा एक-एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो।
टाइब्रेकरमा गोलकिपर जियारथ शेखको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली नेपालले फाइनलमा स्थान बनाएको हो।








































प्रतिकृया दिनुहोस्