१९ भाद्र २०८१, बुधबार ०७:१९
प्रेरणा स्कुलमा अध्ययनरत विधार्थीलाई मङगलबार आक्रमण भएको छ । मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले विधालयको गेटबाट विधार्थी निशान कुँवरलाई लखेटी मुनाल चोकसम्म पुर्याएर कुटपिट गरेका हुन । घाईतेको निधारमा चोट छ । देव हस्पिटल भरतपुरमा उनको उपचार भईरहेको छ ।
उक्त घटनाको अखिल नेपाल विधार्थी युनियन समाजवादीले घोर भर्तसना गरेको छ । एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सचिवालय सदस्य एवं चितवन जिल्ला ईन्चार्ज सुदिप सी ले घटनाको निष्पक्ष छानविन गरि दोषीलाई कारवाही गर्न माग गरेका छन ।
समयमै घटनाको छानविन नभएमा सङगठनले जस्तोसुकै आन्दोलनका कार्यक्रम गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
पीडीत विधार्थी र उनको परिवारको साथमा आफुहरु रहने सी ले वताएका छन
साथै विधार्थीलाई संयमित हुन र विधालयमा यस्ता घटना हुन नदिन विज्ञप्तिमार्फ सङगठनले सचेत गराएको छ ।








































प्रतिकृया दिनुहोस्