शैक्षिक क्षेत्रमा पछि परेको सिगानास्थित लामिचौरको दलित बस्तीमा बस्दै आएका २२ बर्षिय विशाल परियार पहिलो शिक्षक बनेका छन् ।
शैक्षिक गुणस्तर बढाउँदै पढाइप्रति जागरुक बनाउन आफूले शिक्षक पेसा रोजेको परियारले बताएका छन् ।
२०७८ मा खुलेको शिक्षक सेवामा प्रावि र निमाविमा एकैपटक लिखित परीक्षा पास गरी अन्तर्वार्तामार्फत प्राविमा नाम निकाल्न सफल भई अहिले गाउँमै रहेको सिगाना मावि लामिचौरमा अध्यापन गराइराख्नुभएको छ ।
अधिकांश दलित समुदायकै विद्यार्थी बिचमै पढाइ छाड्ने र रोजगारीका लागि विदेश जाने परम्परा छ।
परियारले भन्नुभयो, – “यहाँको पढाइ छाड्ने परम्परा तोड्न र आफूले गाउँमै बसेर सेवा गर्न इच्छा आयो, त्यसैले शिक्षक सेवाको परीक्षा दिए, पहिलो वर्षमै नाम निस्क्यो, अहिले आफ्नै गाउँका विद्यार्थी पढाउन पाउँदा खुसी छु ।”
पहिलोपटक दिइएको शिक्षक सेवा आयोगको परीक्षामा लिखिततर्फ प्रावि र निमावि दुवैमा नाम निकाल्न सफल भएको परियारले प्राविमा सफल भएको जानकारी दिनुभयो ।
अङ्ग्रेजी विषयमा स्नातक अध्ययन गरिसक्नुभएका परियारले आफू गाउँकै पहिलो शिक्षक भएको बताउनुभयो ।
अब्बल परियारले अन्य क्षेत्रसमेत रोज्नसक्ने भन्दै शिक्षक बनेर गाउँकै विद्यालयमा पढाउने उद्देश्य राख्नुले समग्र गाउँकै प्रेरणा र दलित बस्तीबाट विशाल पहिलोपटक शिक्षकका रुपमा विद्यालयमा अध्यापनरत रहेको सिगाना माविका शिक्षक अभिभावक सङ्घका अध्यक्ष गोविन्दप्रसाद गौतमले जानकारी दिनुभयो ।








































प्रतिकृया दिनुहोस्