१३ आश्विन २०८१, आईतवार १३:४३
असोज ४ गते संयुक्त राष्ट्रसंघको महासभामा अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किने तयारीमा रहेको बताएका छन् ।
बाढीपहिरोको विपत्तीमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, – ‘संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा छु ।’ उनले विपदको बेला हातेमालो गरेर उद्धारमा सहयोग गर्न पनि अपिल गरेका छन् ।
अविरल वर्षासँगै शुक्रबार र शनिबारको बाढी, पहिरो र डुबानले धनजनको छेति भएको छ ।
राष्ट्रसंघको महासभालाई ओलीले असोज १० गते सम्बोधन गरेका थिए । त्यसअघि र पछि उनले विभिन्न सेसनमा भएका छलफलमा भाग लिनुका साथै साइडलाइन भेटवार्ता पनि गरेका थिए ।
विपदको बेला केही स्थानमा उद्धारका काम प्रभावकारी नभएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् ।








































प्रतिकृया दिनुहोस्