१४ आश्विन २०८१, सोमबार १२:२५
भीषण वर्षापछि देशभरका प्रमुख सडक अवरुद्ध हुँदा लामो दुरीका लागि हवाई यात्रा एक मात्र विकल्प बनेको थियो ।
आन्तरिक वायु सेवा प्रदायकले फाइदा उठाउँदै आइतबार बिहानदेखि नै नियमित दरभन्दा ५० प्रतिशतसम्म बढीमा टिकट बेचेका थिए ।
विपत् को समयमा पनि चर्को दरमा टिकट बेचेपछि सार्वजनिक रूपमा आलोचना बढेकोले सार्वजनिक रुपमा चर्को विरोधपछि आन्तरिक वायु सेवा प्रदायकले तीन दिनका लागि नियमित दरमै हवाई टिकट बिक्री गर्ने भएका छन् ।








































प्रतिकृया दिनुहोस्