बाढी, पहिरो र डुबानबाट पीडितलाई राहत दिन र बेपत्ताहरुको खोजीलाई निरन्तरता दिन राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ ।
अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो एवं डुबानका घटनामा परी धनजनको ठुलो क्षति भएको छ ।
विपदपछिको अवस्थाबारे मानव अधिकार आयोगको अनुगमन अनुसार उद्धारको लागि सुरक्षा निकायबाट काम गरेता पनि पर्याप्त सामग्री नहुँदा उद्धार कार्य प्रभावकारी हुन नसकेको र विपदपीडितको अवस्था नाजुक रहेको मानव अधिकार आयोगले बताएका छन् ।
सरकारले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरे पनि सम्पूर्ण उपचार निःशुल्क हुन नसकेको अनुगमनबाट देखिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिएका छन् ।
प्रकृतिक विपद्पछि खाद्यान्न लगायत उपभोग्य सामग्रीमा हुनसक्ने कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि र संक्रामक रोगहरु फैलिन सक्ने अवस्थाप्रति सबैलाईसचेत गराएको छ ।
घाइतेहरुको सबै प्रकारका स्वास्थ्योपचारको निःशुल्क व्यवस्था मिलाउन तथा बसोबासको व्यवस्था गर्न पनि आयोगलेसरकारलाई आग्रह गरेको छ ।








































प्रतिकृया दिनुहोस्