१८ आश्विन २०८१, शुक्रबार १४:२५
नवलपरासीको बर्दघाट नगरपालिकाले स्वास्थ्यकर्मीसहितको टोलीले ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर प्राथमिक उपचारसहित पौष्टिक आहार उपलब्ध गराउँदै सेवा दिन थालेको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ अनुसार – “वयोवृद्ध नागरिक सामान्य जाँचका लागि अस्पताल जान वा पुर्याउन पनि असहज हुन्छ सोही कुरालाई ध्यानमा राखेर हामी घरदैलोमै पुगेका हौँ । ”
वयोवृद्ध ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य उपचार सेवा पाएपछि ज्येष्ठ नागरिकहरू हर्सित बनेका छन् ।
नगरपालिकाको कार्यक्रम अनुसार प्रत्येक तीन तीन महिनामा यस्तो स्वास्थ्य उपचार सेवालाई निरन्तरता दिने नगरपालिकाको योजना भएको बताएको छ ।








































प्रतिकृया दिनुहोस्