स्वास्थ्य बीमा बोर्डले पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक गरेका छन् । जसले ९ वटा रणनीति तय गरेको छ । संरचनागत सुद्धढीकरण तथा सुशासनलाई बोर्डले पहिलो, प्राथमिकतामा राख्नुका साथै स्वास्थ्य बीमा ऐन तथा नियमावली परिमार्जन र आवश्यक कार्यविधि निर्माण दोस्रो र बीमा कार्यक्रममा नागरिकको आवद्धतामा वृद्धि तेस्रो रणनीतिमा परेको छ ।
हालसम्म स्वास्थ्य बीमा कार्यक्रम देशका सबै जिल्लाहरुका सबै स्थानीय तहसम्म बिस्तार भएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ सम्म जम्मा ८१ लाख १४ हजार ५९४ जना (२८ प्रतिशत) नागरिक र २५ लाख १४ हजा २२० (३८ प्रतिशत) परिवार आवद्ध भएको र कुल बीमितमध्ये ४८ प्रतिशतले स्वास्थ्य बीमा मार्फत् स्वास्थ्य सेवा लिएका छन् ।
आ.व. २०८०/८१ मा कुल बीमित नागरिक मध्ये ६२ प्रतिशतले नवीकरण गरेको, हाल सरकारी र सामुदायिक गरी कुल ४७७ वटा सेवाप्रदायक स्वास्थ्य संस्थाबाट सेवा प्रवाह भइरहेको बीमा बोर्डको दाबी छ ।
स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको प्रवाधान अनुसार औपचारिक क्षेत्रलाई बीमाको दायारभित्र समेट्न नसक्दा स्वास्थ्य बीमाको वित्तीय दिगोपनामा समस्या देखिएको र बोर्डको स्थायी संरचना स्वीकृत भइ नसक्दा विभिन्न व्यवस्थापकीय समस्या खेप्नुपरेको विज्ञ बताउँछन् ।
स्वास्थ्य बीमा राम्रो अवधारणा भए पनि उद्देश्य अनुरूप नागरिकले सेवा नपाउँदा कार्यक्रमको प्रभावकारितामाथि नै प्रश्न उठ्नुका साथै बीमा प्रति आकर्षण घट्दै गएको स्वास्थ्यविज्ञहरूको बताउछन ।
पञ्च वर्षीय रणनीतिक मार्गचित्रमा गुणस्तरीय स्वास्थ्य सेवाप्रति बीमित असन्तुष्टि रहँदा नागरिकले नयाँ बीमित बन्ने र नवीकरण घट्दै गएको स्वास्थ्य बीमा बोर्डले स्वीकारेका छन् ।








































प्रतिकृया दिनुहोस्