नेपाली महानचाड नजिकीएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएका नेपालीहरु घर फर्कन थालेका छन् ।बर्षौ देखि भारतको विभिन्न ठाउँमा जागिर गर्दै आएका नेपालीहरु चाडपर्व मनाउनका लागि घर फर्केका छन् ।
कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रममा एक सातामा छ हजार नौ सय ४७ जना नेपाली भित्रिएका सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए ।
उनका अनुसार – असोज १२ गते तीन सय १८, १३ गते तीन सय चार, १४ गते तीन सय ९८, १५ गते छ सय तीस, १६ गते छ सय ८०, १७ गते एक हजार ९०, १८ गते एक हजार पाँच सय ६९ र १९ गते एक हजार नौ सय ५८ जना नेपाली भारतका विभिन्न सहरबाट घर फर्किएका छन् ।
यात्रुहरुको आवतजावतमा सहजताका लागि बडादसैँ, तिहार र छठपर्वसम्म सीमा नाकामा यात्रु सहायता कक्ष निर्माण गरिएकोले यात्रीहरुलाई सहज भएको यात्रीहरु बताउछन् ।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका मानिस रोजगारका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायत ठूला सहरमा बिना भिसा जान पाइने र रोजगारी पनि सहजै प्राप्त हुने भएकाले पनि धेरैजसो नेपाली रोजगारीका लागि जाने गर्दछन् ।








































प्रतिकृया दिनुहोस्