चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा आजदेखि तीन दिनसम्म सञ्चालित क्यान्सर परीक्षण अभियानमा महिलाहरुको निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ ।
अक्टोबर क्यान्सर सचेतना महिना भएकाले सोही अवसर पारेर ३५ वर्ष माथिका महिलाहरु,महिला पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य सेवामा कार्यरत महिला कर्मचारीलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरिएको अस्पतालका निर्देशक प्राडा दयाराम लम्सालले बताउनुभयो ।
मङ्गलबार रत्ननगर नगरपालिका र देवघाट गाउँपालिकाका स्वास्थ्य स्वयंसेविका र मातहतका सम्पूर्ण स्वास्थ्य शाखाका महिला कर्मचारीहरुको परीक्षण गरिने बुधबार देवचुली र गैँडाकोट नगरपालिकाका स्वास्थ्य स्वयंसेविका र मातहतका स्वास्थ्य शाखाका महिला कर्मचारीको निःशुल्क परीक्षण गरिने अस्पतालले जनाएको छ । सबै परीक्षणहरु सिएमसी क्यान्सर इन्स्टिच्युटमार्फत गरिने छ ।
चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटमा क्यान्सरको उपचार गर्न आउनेहरुले स्वास्थ्य बीमामार्फत् रु एक लाखसम्म, विपन्न उपचार कोषबाट रु एक लाखसम्मको सुविधा पाउँछन् भने प्रदेश सरकारबाट अधिकतम थप रु दुई लाखसम्म पाउँछन् ।
सामाजिक सुरक्षा कोषमार्फत् उपचार गर्नेहरुले ८० प्रतिशत छुट र सरकारी अस्पतालको दररेटमा नै क्यान्सरको उपचार गर्दै आएको अस्पतालले जनाएको छ ।








































प्रतिकृया दिनुहोस्