मुस्लिम नेवाः वेवारिसे शव जनाजा व्यवस्थापन केन्द्र चितवनले विपद व्यवस्थापन तथा विशुद्ध समाज सेवामा समर्पित हुँदै आएको जनाएको छ । केन्द्रका अध्यक्ष सहबुदिन अन्सारी सुल्तानले मंगलबार पत्रकार सम्मेलन मार्फत गैर नाफामूलक, निस्वार्थ कार्य, जिम्मेवारमूलक संस्था भएकाले सबैलाई आत्मसाथ गरी सहयोग गर्न आग्रह गरेका छन् ।
अध्यक्ष अन्सारीले ‘हाम्रो संस्कृति संरक्षण, हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराकासाथ स्थापित केन्द्रद्वारा १६ महिने अवधिभित्र विभिन्न स्थानमा वृक्षरोपण, मन्दिर, मस्जिद, गुम्बा लगायतका स्थलमा रंगरोगन लगायत सामाजिक कार्य गरेको बताए ।
त्यस्तैगरी हालसम्म चार वटा बेवारिसे शब व्यवस्थापन गरी सकिएको उनको भनाइ छ । नेपालको जुनसुकै भूभागमा मुस्लिम शब व्यवस्थापनमा कठिनाइ नहोस् भन्नका लागि प्रोजेक्ट तयार गरिएको जानकारी गराउँदै निकट भविष्यमा देश दौडाहा निस्कने तयारीमा रहेको उनले जानकारी गराए । कहिँ कतै मन्दिर, मस्जीद, पार्टी पैवाहरुको संरचना टुटेफुटेको मर्मत एव् निर्माणमा योजनाबद्ध तरिकाबाट अघि बढ्न सकिने विश्वास व्यक्त गरे । चितवनबाट स्थापना भएको उक्त केन्द्र बाहिरी जिल्लामा पनि छिट्टै शाखा संचालन गरिने योजनामा रहेको छ ।








































प्रतिकृया दिनुहोस्