उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । श्रेष्ठ ४ पटक उवासंघको पदाधिकारी बनिसक्नुभएको छ । २०६६ सालदेखि कार्यसमिति सदस्य हुदै तृतीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष र २ पटक बरिष्ठ उपाध्यक्ष बनेर काम गरिसक्नुभएको छ । यस्तै बरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ चयन हुनुभएको छ । श्रेष्ठ १६ वर्षदेखि उवासंघमा आवद्ध हुनुहुन्छ । उहाँ कार्यसमिति सदस्यहुदै एक कार्याकाल तृतीय उपाध्यक्ष, द्वतिय उपाध्यक्ष र २ कार्याकाल प्रथम उपाध्यक्षका रुपमा काम गरिसक्नुभएको छ । उपाध्यक्ष उद्योग तर्फ चिरञ्जीवी सुवेदी सर्वसम्मत चयन हुनुभएको छ ।
सुवेदी ६ कार्याकाल कार्यसमितिमा रहेर काम गर्नुभएको छ । उहाँ १ कार्याकाल तृतीय उपाध्यक्ष, २ कार्याकाल द्वितिय उपाध्यक्ष बनिसक्नुभएको छ । यस्तै महिला सदस्यमा पूर्णिमा श्रेष्ठ, क्षेत्रीय सदस्यमा रेशमलाल आचार्य सर्वसम्मत चयन हुनुभएको छ । कर्पोरेट सदस्यमा डा। जीवनकुमार श्रेष्ठ र रजनी मास्के सर्वसम्मत हुनुभएको छ ।
उपाध्यक्ष वाणिज्यतर्फ शंकर नेपाल र शिरिष पन्त, कर्पोरेटतर्फ भोजराज कौडाल र राजेन्द्र ओलीको उम्मेदवारी परेको छ ।सदस्य उद्योगतर्फ ६ जनाका लागि ७ जना, वाणिज्यतर्फ ६ जनाका लागि १२ जना र वस्तुगततर्फ ४ जनाका लागि ७ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी फिर्ता गर्ने समय २६ गते दिउसो साढे १२ बजेसम्म तोकिएको छ । उम्मेदवारहरुको अन्तिम नामावली २६ गते दिउसो १ बजे सार्वजनिक गरिनेछ ।
सर्वसम्मत हुन नसकेका पदहरुमा फागुन ३० गते सोमबार मतदान हुने मुख्य निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । ३० गते विहान ८ बजेदेखि दिउसो ५ बजेसम्म मतदान हुनेछ । मतदान स्थल उद्योग वाणिज्य संघ चितवनको कार्यालय नारायणगढ निर्धारण गरिएको छ । प्रमुख निर्वाचन अधिकृत श्रेष्ठका अनुसार चैत १ गते मतगणना कार्यतालिका रहेको बताउनुभयो ।








































प्रतिकृया दिनुहोस्