६ कार्तिक २०८१, मंगलवार १२:२८
चितवनको खैरहनी नगरपालिकामा श्वासप्रश्वासमा समस्या भई कात्तिक ३ गतेदेखि स्थानीय चौधरी मेडिकलमा उपचार गराउँदै आएकी एक महिला विरामीको मृत्यु भएको छ।
पर्वत फलेवास नगरपालिका–३ कार्की टोल घर भई हाल चितवन खैरहनी नगरपालिका–५ बुडौली स्थितमा कोठा भाडामा लिई बस्ने वर्ष ४१ की तुलसी कार्कीलाई सोमवार राति साढे ८ बजे चिकित्सकले इन्जेक्सन दिएपछि उनको मृत्यु भएको छ।
विरामीको मृत्यु भएपछि आफन्तहरु आक्रोसित भई मेडिकलमा तोडफोड गरेका थिए ।
मृतकका आफन्त, मेडिकल पक्ष र जनप्रतिनिधि बीच छलफल पश्चात मृतकका आफन्तलाई क्षतिपुर्ती दिने सहमति भएपछि पोष्टमार्टमका लागि शवलाई भरतपुर अस्पतालको शव गृह पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।








































प्रतिकृया दिनुहोस्