३० फाल्गुन २०७८, सोमबार ०७:५७
साउदी अरेबियाका विदेश मन्त्री फाइसल विन फहरन अल साउद दुई दिने नेपाल भ्रमणमा आउनुहुने भएको छ । विदेश मन्त्री अल साउद आज सोमवार दुई दिने भ्रमणका लागि नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नु हुने मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै परराष्ट्र मन्त्री डा। नारायण खड्का र उहाँबीच पनि भेट हुनेछ । परराष्ट्र मन्त्री खड्काले साउदी अरेबियाका विदेश मन्त्रीको सम्मानमा दिवाभोजको आयोजना गर्ने विज्ञप्तिमा जनाइएको छ ।








































प्रतिकृया दिनुहोस्