६ कार्तिक २०८१, मंगलवार १५:३७
कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट स्रोत नखुलेको नगद २० लाख ५० हजार भारतीय रूपैयाँ सहित भारत महाराष्ट्र प्रदेश राईगट मुंबाई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र ३९ वर्षीय उमेश सखाराम खंडागले लाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट लिङगेट कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ४५ एएस ६६६३ नम्बरको गाडीमा सवार सलमानलाई ८ लाख भारतीय रूपैयाँ र युपि ४२ डिटि ५७२१ नम्बरको गाडीमा सवार उमेशलाई १२ लाख ५० हजार भारतीय रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।








































प्रतिकृया दिनुहोस्