उद्योग वाणिज्य संघ चितवनको नेतृत्वका लागि २ उपाध्यक्ष सहित १० जना सदस्यका लागि आज मतदान हुने भएको छ । विहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत राजकुमार श्रेष्ठका अनुसार ४ वटा मतपत्रमा मतदान गर्नुपर्नेछ ।
उपाध्यक्ष वाणिज्य, उपाध्यक्ष कर्पोरेट, वस्तुगत सदस्य र वाणिज्य सदस्यका लागि ४ मतपत्रहरु छन् । उहाँले आज राती ७ बजेदेखि मतगणना गरिने बताउनुभयो । उहाँका अनुसार भोलि ९मंगलबार० विहान सबै पदका अन्तिम मतपरिणाम सार्वजनिक हुने बताउनुभयो । “मतगणना करिब ५ घण्टामा सक्ने योजना छ”, उहाँले भन्नुभयो, “सदस्यतर्फका मतपत्र ३ वटा समूह बनाएर गणना गर्ने तयारी छ, लगत्तै उपाध्यक्षतर्फका मतपत्रहरु गणना हुनेछन् ।”
नेतृत्व चयन गर्न ३ हजार ४ सय ३७ जना मतदाताहरुले मतदान गर्नेछन् । यसअघि अध्यक्षमा चुननारायण श्रेष्ठ, बरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ, उद्योगतर्फका उपाध्यक्ष चिरञ्जिवी सुवेदी निर्विरोध चयन भैसक्नुभएको छ । यस्तै निर्विरोध हुने सदस्यहरुमा उद्योगतर्फ ६ जना, १ महिला सदस्य, १ क्षेत्रीय सदस्य, २ जना कर्पोरेट सदस्य छन् । उपाध्यक्षहरुमा कर्पोरेटतर्फ भोजराज कौडाल र राजेन्द्र ओली, वाणिज्यतर्फ शंकर नेपाल र शिरिष पन्तले उम्मेदवारी दिनुभएको छ । सदस्यतर्फ वाणिज्यका ६ सदस्यका लागि १० जना, वस्तुगतका ४ सदस्यका लागि ७ जनाले उम्मेदवारी दिएका छन् ।








































प्रतिकृया दिनुहोस्