जनता समाजवादी पाटी (जसपा) नेपालको भरतपुर महानगर अध्यक्षमा अनुज जोशी चयन भएको छ । विहिवार भरतपुरमा भएको महानगर सम्मेलबाट जोशी सर्वसम्मत अध्यक्ष चुनिनुभएको हो ।
बिधार्थी आन्दोलनबाट उदायका जोशी नेपाल समाजवादी पाटीको चितवन जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सचिव सम्म हुनुभएको थियो । अहिले उहाँ उपेन्द्र यादव नेतृत्वको भरतपुर महानगर अध्यक्ष बन्नुभयो ।
अबको राजनितिक यात्रा जसपाबाटै गर्ने उहाँले वताउनुभयो । तिहार र छठ लगतै महानगरका सबै वडामा कमिटी गठन गरेर बलियो शकति निर्माण गर्ने उहाँले वताउनुभएको छ ।
आज भएको महानगर भेलाले उपाध्यक्षमा राजु टमाटा र मदन देउजा चयन भएका छन ।
यस्तै सचिवमा समीर खाँड सहसचिवमा सन्ध्या कुमाल र कोषाध्यक्षमा विपिन रेग्मी चयन भएका छन । पदाधिकारी सहित ३८ सदस्यीय महानगर कमिटी घोषणा भएको छ ।
भेला मा प्रमुख वक्ता मा पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा केन्द्रीय volunteers फोर्स नेपाल का बिभाग प्रमुख तारा विस्वकर्मा रहनुभएको थियो ।
केन्द्रीय volunteers फोर्स नेपाल का सदस्य राम कृष्ण पन्त लक्ष्मन रामदाम लगाएतका केन्द्र तथा जिल्लाका नेताहरुले नयाँ टिमलाई शुभकामना दिनुभएको छ ।








































प्रतिकृया दिनुहोस्