युगिन खवर प्रा.लि र नेवा पत्रकार राष्ट्रिय दबु चितवनको आयोजनामा विहिबार होली विशेष कार्यक्रम हुने भएको छ । कार्यक्रम विहान ८ बजे सगुन पाटी प्यालेसमा हुनेछ । सो अवसरमा नेवा पत्रकार राष्ट्रिय दबु चितवन शाखाको कार्यलय पनि उद्घाटन हुनेछ ।
त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी दिनका रुपमा होलीको पर्व पर्दापण भएको मानिन्छ । विष्णुको नरसिंह अवतार को वर्णन अनि उत्पती पनि होली अनि प्रहलाद घटना क्रम सँग सम्वन्धित छ ।
नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ, भगवान श्रीकृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ, यसरी पुतनाको बध भएपछी गोपालवासीहरुले जयजयकार गर्दैे रंगीन उत्सव मनाएको विवरण पनि ईतिहासले वयान गर्दछ ।









































प्रतिकृया दिनुहोस्